बंगलादेशमा पनि फेला पप्यो ओमिक्रोन भाइरस

काठमाडौँ , २६ मंसिर । बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएको जनाएका छन् ।

यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराको जानकारी दिदैँ उहाँले दुई जनामा यो सङ्क्रमण पाइएको बताउनु भयो ।

उहाँका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको हो । यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।

भारतमा सुरुका भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्