पत्रकार क्षेत्रीलाई मातृ शोक
काठमाडौं । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला अध्यक्ष तथा चेतना न्युज डटकमका प्रधान सम्पादक राम कुमार क्षेत्रीलाई मातृ शोक परेको छ ।
पत्रकार क्षेत्रीको आमा र नेपाली काँग्रेसकी नेतृ तथा प्रदेश नं. ५की सांसद निर्मला क्षेत्रीकी सासु आमा अम्बिका क्षेत्रीको ८६ वर्षको उमेरमा यहि फागुण १६ गते आफ्नै निवास अर्घाखाँचीमा स्वर्गारोहण भएको हो ।
स्वर्गीय क्षेत्री लामो समयदेखि निमोनिया र दमको समस्याबाट पीडित हुनुहुन्थ्यो । उनको विभिन्न अस्पतालको उपचारपछि आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय क्षेत्रीकी चार छोरामध्य हाल साईला छोरा जगत बहादुर क्षेत्री, कान्छा छोरा पत्रकार राम कुमार क्षेत्री मात्र रहेका छन् भने दुई छोरीमा एक मात्र रहेका छन् । पत्रकार क्षेत्री आमाको काजक्रियाका लागि आफ्नै निवास अर्घाखाँचीमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्