पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ को सम्मान प्रदान, प्रधानमन्त्री ओलीसंग भेटवार्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

भेटमा दईदेशबिचको पारस्पारिक र कुटनीतिक अवस्था, आर्थिक सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई नेपाल सरकारले ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरेको छ ।

सोमबार  दिउँसो काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ को सम्मान दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर दिइने अब्बासी पहिलो विदेशी पाहुना हुन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।
यस भ्रमणले दवै देशको हित हुने विश्वास लिएको छ ।

 

उनीहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उनीहरु रात्रिभोजमा सरीक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्