नेप्सेमा एक्कल अंकको गिरावट, कारोबार दुई अर्ब ६७ करोड मात्रै

काठमाडौँ , २३ मंसिर । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो (०।४३ अंकको) सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ । यसदिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट उप समूहबाहेक सबै जसो उपसमूहहरु ऋणात्मक भएका छन् ।

५ अंक माथिले बजार घट्दा आज दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सेयर धनीहरुले अधिकतम ४.५५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५.८२ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्