बेडदेखि अक्सिजन सम्म तयारी अवस्थामा, दोस्रो लहरमा जस्तो दुःख नहुने

काठमाडौँ , २२ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ३८ भन्दा बढी देशहरूमा देखा परिसकेको छ ।

दक्षिण अफ्रिकामा देखिएको १२ दिनपछि र भारतमा देखिएको चार दिनपछि नेपालमा पनि ओमिक्रन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा उक्त भेरियन्ट भेटिइएको सोमबार पुष्टि गरेको हो ।

ओमिक्रन भरिएन्ट दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १.१.५२९ नाम दिएको यो भेरियन्टलाई २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो ।

डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ ।

कोभिड १९ का अरु भेरिएन्ट जस्तै ओमिक्रनको सङ्क्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना(मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन मन्त्रालयले आग्रह गरेको छ ।

यो भेरियन्टको म्युटेसन डेल्टा, अल्फा, बिटा डेल्टा गामाको म्युटेशनभन्दा छिटो फैलन सक्ने सम्भावना भएकोले जनस्वास्थ्यका मापदण्डा पालन गर्नुपर्ने आनन्द बन अस्पतालमा अन्नुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा. सन्तोष दुलाल बताउनुहुन्छ ।

यसैगरी ओमिक्रोन भेरियन्टसँग तर्सिनेभन्दा पनि सर्तक हुन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । ओमिक्रोन भेरियन्ट के कतिको घातक छ, भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेकाले पर्ख र हेरको अवस्था रहेको डा. पुनले बताउनुभयो ।

नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. पुनको सुझाव रहेको छ । ओमिक्रोन तीव्र गतिमा फैलन नदिना जनस्वास्थ्यका मापदण्डा अपनाउनुका साथै सबै नागरिकलाई खोप लगाउनमा ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावल बताउनुहुन्छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट अमेरिका, बेलायत, भारत तथा युरोपेली राष्ट्रहरुमा तीव्र गतिमा फैलिइरहेको छ । बेलायत समुदायस्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिइरहेको छ । यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिकले सचेत रहन आग्रहसमेत गरेका छन् ।

त्यस्तै नेपालमा कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण भित्रिन नदिन काठमाडौं उपत्यकाका अस्पतालहरुले उच्च सर्तकता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्