कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन भइरहेको छ ।

संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा गर्दैछन् । नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ ।

संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय आज बिहान साढे ८ बजेसम्मका दिए पनि दुवै जनाले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन गर्न लागिएको हो ।

१० बजेबाट भएको निर्वाचन १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै मतगणना गर्ने कार्यक्रम तय भएको छ ।

प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कूल ६३ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन कम्तिमा ३२ मत ल्याउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्