आर्थिक पुनरुत्थानको लागि युद्धस्तरमा काम गर्ने समयः प्रधानमन्त्री देउवा
काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुत्थानको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । यसका लागि युद्धस्तरमा काम गर्नुपर्ने समय आएको बताए ।
आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘कोभिड( १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,’उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’
उनले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताएका छन् । उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।
नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै उनले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभाषबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको बताए । उनले विकासिल राष्ट्रमा रुपान्तरणका लागि ५ वर्षको अवधि रहेकाले यो अवधीलाई विकासमा तिब्रता दिनुपर्ने स्वर्ण अवसर भएको बताए । यसलाई चुनौतिका साथ काम गर्नुपर्ने समय आएको बताए ।
प्रतिक्रिया दिनुहोस्