प्रदेश ७ का मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने
काठमाडौं। प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन्।
आइतबार बसेको प्रदेश संसदको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि फागुन २२ गते दिउँसो २ बजेको समय निर्धारण गरेको संसद सचिवालयले जनाएको छ।
नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ४ बमोजिम मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनेछन्। उनी वाम गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्।
५३ सदस्यीय संसदमा विश्वासको मत प्राप्त गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। मुख्मन्त्री भट्टका पक्षमा एमालेका २५ र माओवादी केन्द्रका १४ गरी ३९ जना सांसदको मत रहेको रहेको छ।मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संंवैधानिक व्यवस्था छ।
भट्ट फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्