चिलिमेले प्रस्ताव गर्यो २५ प्रतिशत लाभांश

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको ३३७औं बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रदिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ । उक्त लाभांश प्रस्ताव सञ्चालक समितिले आगामी २१औं वार्षिक साधारण सभामा प्रस्ताव गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्