पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घट्यो, अब १०३ रुपैयाँ पर्ने

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको हो। अब पेट्रोलको मूल्य १०३ रुपैयाँ पर्नेछ।

निगम सञ्चालक समितिको बैठकले अन्य पदार्थको मूल्य भने यथावत राखेको छ। स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलको मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
मूल्य समायोजनपछि निगमको पाक्षिक नाफा करिब १५ करोड रुपैयाँ हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्