अफगानिस्तानमा सरकारी सेनाको कारवाही: ७० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ ।

सेनाले गरेको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले ५० जना सरकार विरोधी लडाकु र २० जना आइएस लडाकुको मृत्यु भएको जानकारी दिएका हुन् । कारबाहीमा २७ जना विद्रोही घाइते भएका छन् ।

सरकारी अधिकारीहरुले उत्तरी दारजव क्षेत्रमा भएको भिडन्तमा २० जना आइएस विद्रोहीको मृत्यु भएको जनाएका छन् ।

घटनामा कयौं घाइते भएका छन् । सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेर विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्