प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या

काठमाडौं । स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ ।

सात सय ५३ वटा स्थानीय तह र सातवटै प्रदेशमा खटिएका अधिकांश कर्मचारीमा विगतमा बजेट बनाएको अनुभव र बजेटको प्राविधिक ज्ञानको कमी छ । सरकारले स्थानीय तह र प्रदेशमा अर्थ मन्त्रालय, योजना आयोगजस्ता निकायमा बसेर बजेट बनाएको अनुभव भएका कुनै पनि कर्मचारीलाई पठाएको छैन । यही कारण आगामी आर्थिक वर्षको बजेट बनाउन समस्या देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्