थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
काठमाडौं, मंसिर ७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको छ । त्यसैगरि ३५१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमित थपिएका हुन् । यस्तै सोही अवधिमा २७३ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्