सयपत्री हाइड्रोले आईपिओ जारी गर्ने
काठमाडौं । सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको पहिलो साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
शेयर निष्कासन सम्बन्धी सम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री के.सी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।
कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ । त्यस पश्चात कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्