पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन

काठमाडौं, २८ कात्तिक । सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको यति बेला जताततै विरोध भइरहेको छ । पटक पटक सरकारले जनतालाई मारमा पार्ने गरि मुल्यबृद्धि गर्दै आएको छ । यसको विरोधमा  खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ? , गरिब जनताको घरमा म कसरी बल्ने ? , मलाई बल्न देउ’, लेखिएको थियो ।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।

प्रतिक्रिया दिनुहोस्