दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं । इटहरीमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका ११ वर्षीय रुपक थापा क्षेत्री रहेका छन् ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ३१८८ नंको यात्रुवाहक बसले शनिबार साँझ सोही दिशातर्फ जाँदै गरेको को८प ७४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने क्षेत्री गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा नै मृत्यु भएको स्रोतले जनाएको छ ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्