प्रहरी दमनको विरोधमा भोलि बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि बहिष्कार

काठमाडौं, कातिक २५ । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा भोलि शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने भएका छन्।

सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि भोलिका लागि कुनै पनि मुद्दामा बहस नगर्ने भएका हुन्।

धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केही कानुन व्यवसायीहरू घाइते भएका छन्।

बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्दै आएका कानुन व्यवसायीहरूले प्रहरी दमनको विरोधमा भोलि सर्वोच्चमा सबैखाले मुद्दामाथिको बहस बहिष्कार गर्ने बारका महासचिव लीलामणि पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्