टुँडिखेलबाट अर्काे किर्तीमानी

काठमाडौं । गौतम बुद्ध नेपालमा जन्मीएको सन्देश दिन आज काठमाडौंको टुँडिखेलमा एकैपटक ७५ हजार भन्दा बढि मानिसले बुद्ध उपदेश बुद्ध वचन ‘धम्मपद’ वाचन कार्यक्रम सम्पन्न भएको छ । यसलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ ।
विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वुद्ध नेपालमा जन्मिएको कुरामा कुनै भ्रम नभएको बताउनु भएको छ ।
उहाँले यो कार्यक्रम वर्ड रेकर्डस् राख्नका लागि मात्र गरिएको बताउँदै भगवान वुद्धको जन्म नेपालमा भएको होइन भन्ने दावी कसैले नरेको ठोकुवा गरे ।
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड लगायत विभिन्न दलका नेताहरु सहभागी भएका थिए ।
यस्तै गरि कार्यक्रममा देशका राजनीतिज्ञ, समाजसेवी, साहित्कार, कलाकार, खेलाडी, चिकित्सक लगायत हजारौंको संख्यामा सर्वसाधारणको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई हेलिकोप्टरबाट दृष्य खिच्नुका साथै पूष्प वृष्टि समेत गरिएको थियो । झण्डै एक हजार स्वंसेवक परिचालनका साथै सुरक्षा व्यवस्था गरिएको थियो ।
भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर यो रेकर्ड बनाएको थियो ।
यस कार्यक्रमलाई स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले पनि सहकार्य गरेको थियो । प्रतिष्ठानका अध्यक्ष शिब हरि खनालले राजा वीरेन्द्र शान्तिका अभियन्ता भएकाले वुद्ध वाज वर्न इन नेपाल भनि ७५ हजार भन्दा बढि मानिसले एकै साथ वुद्धको उपदेश बुद्ध वचन ‘धम्मपद’ वाचन कार्यक्रमलाई सहकार्य गरिएको बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्