सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने

काठमाडौं, कातिक २३ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने भएका छन्।

प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरूको आन्तरिक छलफलपछि अन्य रिट नहेर्ने निर्णय भएको छलफलमा सहभागी एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी दिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा पेसी तोकेका थिए। जबराले आफ्नो एकल र नौ संयुक्त इजलासमा दुई सय ९८ मुद्दाको सुनुवाइ तोकेका थिए।

‘सम्मानजनक बहिर्गमन’ भन्दै आएका जबराले आफू इजलासमा बसेर सबैखाले मुद्दाको पेसी तोकेपछि न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने निर्णयमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्