अब सरकारले विकास र सम्वृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने : प्रचण्ड

काठमाण्डौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारले विकास र सम्वृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने बताएका छन्। ।उनले मुलुकको विकास र सम्वृद्धि नै सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

अन्नपुर्ण काठमाण्डौ समाज नेपालको प्रथम साधारणसभालाई शनिबार राजधानी काठमाण्डौमा सम्बोधन गर्दे अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

संविधान कार्यान्वय संगै मुलुकमा राजनीतिक स्थायीत्व कायम हुने आधार श्रृजना भएको उल्लेख गरे ।

उनले संविधान कार्यान्वयनको अत्यन्तै संवेदनशील पक्ष तीनै तहको निर्वाचन सम्पन्न भई सबै तहका सरकारले काम अगाडि बढाउने तयारी गरिसकेकाले अब विकास र सम्वृद्धि तर्फ मुलुक अघि बढ्ने सुनिश्चित आधार तयार भएको उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्