स्वावलम्बन लघुवित्तले पनि प्रस्ताव गर्यो लाभांश

काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस तथा ११.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष ३४ प्रतिशत बोनस र १९.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको असोज २० गते सम्पन्न २७४ औं सञ्चालक समिति बैठकले चुक्ता पूँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँको २० प्रतिशत अर्थात ८ लाख ३७ हजार ९२६ कित्ता बोनस सेयर तथा ४ करोड ८५ लाख ११ हजार ५०५ रुपैयाँको नगद लाभांश सेयरधनीलार्इ वितरण गर्ने निर्णय गरेको हो ।
बोनसपछि लघुवित्त कम्पनीको चूक्ता पूँजी ५० करोड २७ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्