अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी आक्रमणमा १६ को मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी आक्रमणमा परि १६ जनाको मृत्यु भएको छ । ८० जना भन्दा बढी घाइते भएका छन् ।

राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुख्यालयलाई लक्षित गर्दै भएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको हो । सैन्य मुख्यालयमा क्षेत्रीय आतंकवाद नियन्त्रणसम्बन्धी बैठक भइरहेका बेला आत्मघाती कार बम आक्रमण भएको त्याहाँका सुरक्षामन्त्रीले जानकारी दिएका छन् ।

आक्रमणबाट सैनिक मुख्यालयमा केही क्षति भएको छ । बुर्किनाफासोको राजधानीमै दुई वर्षभित्र भएको यो तेस्रो आतंककारी आक्रमण हो । यसअघिका दुई वटा घटनामा इस्लामिक अतिवादी समूहको संलग्नता रहेको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्