महुली लघुवित्तको ५० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद

काठमाडौं । महुली लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनसको साथै १० प्रतिशत नगदको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको असोज २१ गते सम्पन्न ६७ औं सञ्चालक समिति बैठकले चुक्ता पूँजी ४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात २ लाख कित्ता बोनस सेयर वितरण गर्ने र बोनसपछि कायम हुने ६ करोड रुपैयाँको दुई बराबर एक अनुपातमा ३ लाख कित्ता हकप्रद जारी गरि संस्थाको पूँजी नौं करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।
केही सयमयअगाडि मात्र १ लाख २० हजार कित्ता साधारण सेयर जारी गरेको महुली लघुवित्तले गत आर्थिक बर्षमा चुक्ता पूँजी भन्दा बढी ४ करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्