टुंडिखेलमा आज ७५ हजारबढीले बुद्ध उपदेश वाचन गर्दै

काठमाडौं । गौतम बुद्ध नेपालमा जन्मीएको सन्देश दिन आज काठमाडौंको टुँडिखेलमा एकैपटक ७५ हजार मानिसले बुद्ध उपदेश वाचन गर्ने भएका छन् ।

गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न नेपालमा पहिलो पटक ७५ हजारभन्दा बढी मानिसले एकैपटक बुद्धको उपदेश वाचन गर्न लागेका हुन । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा हुने कार्यक्रमलाई विश्व कृतिमान कायम गरि गिनीज वल्र्ड रेकर्ड कायम गर्ने परिषदका अध्यक्ष दिपक बजगाईले जानकारी दिनुभयो ।

दिउँसो साढे २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गरीने छ । नागरिकलाई भने बिहान ११ बजेबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममा देशका राजनीतिज्ञ, समाजसेवी, साहित्कार, कलाकार, खेलाडी, चिकित्सक सर्वसाधारणको उपस्थित रहने परिषदले जनाएको छ ।

कार्यक्रममा हेलिकोप्टरबाट दृष्य खिच्ने व्यवस्था मिलाइएको छ, भने झण्डै एक हजार स्वंसेवक परिचालन गरिने आयोजकको भनाई छ । कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिने छ ।

प्रतिक्रिया दिनुहोस्