आजको मौसमः यी प्रदेशमा छ वर्षाको सम्भावना, हिमाली भू–भागमा हिमपात
काठमाडौं , कातिक १४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आज मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाकाअनुसार आज राति प्रदेश १, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्