आजदेखि फेरि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द

काठमाडौं।  नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ । बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी चलाउन दिइएको यो सडकखण्डमा आजदेखि भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाले जनाएको छ ।

नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो ।

बिहान १० बजेदेखि गाडी रोकिने भएकाले तोकिएको समयमा यो सडक पार गर्न चालकले अनियन्त्रित रुपमा गाडी चलाउने गरेको यात्रुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्