बैठक बसिरहेकै बेला सर्वोच्च अदालतमा वकिलहरूबीच कुटाकुट

काठमाडौँ, कातिक १२ । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

‘न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दुस्ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने ।

यता प्रधानन्यायाधीशको राजीनामाको विषयलाई लिएर भएको विवाद बढ्दै गएपछि सर्वोच्च अदालत परिसर भित्रै कुटाकुट भएको एक अधिवक्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्