आइतबार संघीय संसदका ३३४ सांसदले शपथ लिने ,११ भाषामा शपथ

काठमाडौं । निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार संघीय संसदका ३३४ सांसदले शपथ लिने भएका छन् ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सांसदले शपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । शपथमा सांसदहरुले नेपाली भाषासहित ११ भाषामा सपथ लिने भएका छन् ।

संसद् सचिवालयले आइतबार साँझ ५ बजे राष्ट्रिय सभाका सांसद र ४ बजे प्रतिनिधिसभाका सांसदका लागि शपथ कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्