शनिबार टुँडिखेलमा ७५ हजारले बुद्ध बचन वाचन गर्ने, वीरेन्द्र प्रतिष्ठानको पनि सहकार्य

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले वुद्ध वर्न इन नेपाल २०७४ कार्यक्रमलाई सहकार्य गर्र्ने भएको छ ।
विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नका लागि शनिबार टुँडिखेलमा बुद्ध बचन (धम्मपद) वाचन गर्ने कार्यक्रमलाई प्रतिष्ठानले संस्थाको व्यानर सहित सहकार्य गर्न लागेको हो ।
राजा वीरेन्द्रले भगवान वुद्धकै शान्ति सन्देश अनुरुप नेपाललाई विश्व सामु शान्ति क्षेत्र घोषणा गर्न राष्ट्रसंघिय महासभामा गरिएको आह्वान र त्यसलाई ११६ राष्ट्रले हस्ताक्षर गरि सकेकोले राजा वीरेन्द्र शान्तिका अभियन्ता भएको प्रष्ट भएकाले प्रतिष्ठानले शान्तिका दुत वुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियानलाई थप सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रमलाई सहकार्य गरिएको प्रतिष्ठानका अध्यक्ष शिव हरि खनालले जानकारी दिए ।
परिषद्ले शान्तिका दुत भगवान वुद्ध नेपालको गौरबलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएकोले सो कार्यक्रममा सहभागि हुनका लागि सबैलाई अपिल समेत गरेको छ ।
परिषद्का बरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थितिबीच बुद्ध बचन वाचन गर्ने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सन् २०१४ मा भारतमा ४६ हजार ६६० जनाको सहभागिताबीच १६औं सताब्दीका एक भातीय कविको कतिवा वाचन गरी गुनिज बुकमा रेकर्ड काम गरिएको थियो । त्यही कीर्तिमान तोडेर नयाँ विश्व कीर्तिमानी कायम गर्नका लागि परिषदले यो कार्यक्रमको आयोजना गरिको परिषद्का उपाध्यक्ष अकल तनामाङ्गले बताए ।

वरिष्ठ उपाध्यक्ष तामाङ्गका अनुसार उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छ । उनी प्रमुख संरक्षक समेत हुन् । अन्य पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्र बहामदुर चन्द, खिलराज रेग्मीलगायत संरक्षकको रुपमा रहेका छन् । त्यस्तै यसमा कलाकार, लेखक, पत्रकार, बुद्धिजिवीहरु सदभावना दूतको रुपमा रहेका छन् ।

बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण अन्य देशमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको उपाध्यक्ष परिषद्का उपाध्यक्ष विष्टले बताए ।
अर्का उपाध्यक्ष अक्कल बहादुर तामाङले कार्यक्रमको प्राविधिक तथा व्यवस्थापकीय तयारी विशेष तरिकाबाट तयारी गरिएको भन्दै यसलाई सफल पार्नका लागि साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।

नेपाल ग्यासको मुख्य प्रायोजन तथा नेपाली चुलोको प्रायोजनमा परिषदले आयोजना गर्न लागिरहेको उक्त कार्यक्रममा भाग लिन निशुल्क क्यूआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको छ । उक्त पास कुन गेटमा कुन समयमा जाने भन्ने उल्लेख गरिएको छ । सहभागीहरु कार्यक्रमभित्र प्रवेश गरिसकेपछि कार्यक्रम नसकिएसम्म आपतकालिन अवस्थाबाहेक बाहिर जान पाउने छैन । ७५ हजार पासहरु वितरण गरिसकेको छ ।

टुडिखेलमा ४ वटा मुल गेट तथा ४० वटा सहायक गेटहरुबाट विहान ११ बजेदेखि २ बजेसम्म सहभागीहरुलाई प्रवेश गराइनेछ । सम्पूर्ण सहभागीहरुको क्यूआर कोडबाट स्क्यान गरी गणना गरिने छ । सुरक्षाकर्मीहरुबाट सुरक्षा जाँच, सिसिटिभीबाट निरिक्षकहरुबाट निरिक्षण र नेपाल आर्मीबाट सुरक्षाको व्यवस्था मिलाईएको छ ।
त्यस्तै नर्भिक, ओम, गंगालाल, ग्रिनसिटी, अल्का र नेपाल रेडक्रसबाट स्वास्थ्यकर्मीहरु, एम्बुलेन्सलगायतको स्वास्थ्य सेवा, पिउने पानी, अस्थायी तथा घुम्ति शौचालयको व्यवस्था गरिएको छ । नेपाल स्काउट तथा विभिन्न कलेजका करिब २ हजार जना स्वयंसेवकहरु कार्यक्रम व्यवस्थापनका लागि परिचालित हुनेछन् ।

भृकुटीमण्डपलगायत विभिन्न स्थानहरुमा पार्किङको व्यवस्था गरिएको छ र उपत्यका ट्राफिक महाशाखाको समन्वय तथा सहयोग रहनेछ । कार्यक्रमको ड्रोन क्यामेराबाटसमेत फोटो तथा भिडियो खिचिने छ । कार्यक्रममा उपस्थित सहभागिहरुलाई कागजको नेपाली झण्डा र पठन सामाग्री धम्मपदको सागर्भिक अंशहरु कार्यक्रम स्थलमा उपलब्ध गराईने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक धिरज राई, आनन्द कार्की, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल, राधिका हमाल, प्रकाश तिमिल्सिना, नेपाल आइडल बुद्ध लामासहित निशान भट्टराई, प्रताप दासलगायतबाट सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति गर्नुका साथै राजेश हमाल, निखिल उपे्रति, डा. भोला रिजाल, महेश दाहाल, रवि लामिछाने, दिपक विष्ट, इन्दिरा राणा, मेघा चौधरीलगायतको सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्