मन्त्रीमण्डल विस्तार छिट्टै, विभागीय कार्य तिव्र

काठमाण्डौ । वाम गठबन्धनको सरकारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार १७ सदस्यीय बनाउने तयारी भइरहेको छ । तर अहिलेसम्म सात सदस्यीय मन्त्रीपरिषद गठन भईसकेको छ । मन्त्रिपरिषद्को विस्तार, मन्त्रालय र विभाग खारेजी र मर्जकार्य तिव्ररुपमा भईरहेको छ । यसले गर्दा पनि मन्त्री मण्डल विस्तारमा समस्या आएको छ ।
यस अघि ३१ वटा मन्त्रालय थियाृ यसलाई १७ वटामा ल्याई कार्यालय, विभाग पनि मिलाउनुपर्ने भएकाले ढिलाई भएको हो ।
मन्त्रालय, विभाग खारेज गर्दा कसरी समायोजन गर्ने भन्ने कामले पनि मन्त्रीपरिषद विस्तार प्रभावित भएको स्रोतले जनाएको छ ।

क्षेत्रीय प्रशासन कार्यालयलाई खारेज गरेर त्यसको सम्पत्ति र दायित्व व्यवस्थापन गर्ने, खानेपानी मन्त्रालयलाई शहरी विकासमा मिलाउँदै छ ।

मन्त्रीमा नियुक्त भएका लालबाबु पण्डित र थममाया थापाले पनि मन्त्रालय विभाजनका कारण सहजै काम गर्न पाएका छ्रैनन् ।

सरकारले संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेको छ । सरकार रर फोरमकबीचको वार्ता अन्तिममा पुगेको छ । यसको लागि दुई बँुदे सहमती समेग गरिसकेको छ । यसबाट अब कुनै पनि कारणले फोरमलाई सरकारमा आउनबाट अप्ठ्यारो नभएको स्रोतले बताए ।

फोरमले भनेजस्तै गरी आवश्यकताका आधारमा सरकार संविधान संशोधनका लागि तयार भएको छ ।

फोरमलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा पनि छलफल भइरहेको प्रधानमनत्री स्रोतले जनाएको छ । जम्मा १७ वटा छ । सासंद संख्याका आधारमा हिसाब निकाली त्यसलाइनै आधार मानी कसलाई कति मन्त्रालय दिने भन्ने प्रष्ट पारी भागबण्डा गर्ने तयारीमा सरकार लागेको छ । केहि आन्तरिक कुरामा सहमती हुन मात्र बाँकी रहेको र यसलाई पनि छिट्टै टुंगो लगाउने प्रधानमन्त्री स्रोतले बताए ।

प्रतिक्रिया दिनुहोस्