राष्ट्रिय गौरवका आयोजनामाथि कसैले पनि खेलवाड नगरौंः पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजनामाथि कसैले पनि खेलवाड गर्न नहुने बताएका छन् ।
आज अध्यक्ष भट्टराईले ट्वीट गर्दै भने, ‘राष्ट्रिय गौरवका योजनामा खेलवाड नगरौं । म प्रधानमन्त्री हुँदा शुरु भएका राष्ट्रिय गौरवका आयोजना अवरुद्ध गरेमा देशले ठूलो क्षती व्यहोर्नु पर्छ ।’

उनले आफु प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्बाट गरेका धेरै महत्वपूर्ण र दुरगामी निर्णयलाई निरन्तता दिन समेत उनले सरकारलाई आग्रह गरेका छन् । यस्ता राष्ट्रिय गौरवको आयोजनालाई आफुले पनि आर्थिक र मानवीय स्रोतको कमी हुन नदिने घोषणा गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘त्यहाँ प्रष्ट उल्लेख छ, यी आयोजनामा आर्थिक र मानविय श्रोतको कमी हुन दिइने छैन र सरकार फेरिदैमा नीति र व्यवस्थापन फेरिने छैन ।

राष्ट्रिय गौरवको आयोजना भनि घोषणा गर्नुको मर्म नै त्यही हो । ’ उनले प्रति प्रश्न गर्दै भने,‘ यदि सरकार परिवर्तन हुँदैमा यस्ता योजनाहरुलाई निरन्तरता नदिने हो भने त्यसलाई राष्ट्रिय गौरवको आयोजना भन्नुको कुनै तुक छैन ।’

प्रतिक्रिया दिनुहोस्