फोरमसंगको वार्ता विना निष्कर्ष टुंगियो, मन्त्रालय भागवण्डामा मिलेन कुरा

काठमाडौं । एमाले -माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

आज बिहान बालुवाटारमा भएको वार्तामा मन्त्रालयको भागवण्डाबारे सहमति हुन नसकेकाले वार्ता विना निष्कर्ष टुंगिएको हो ।

स्रोतका अनुसार फोरमले तीन वटा मन्त्रालय मागेको र एमाले र माआवादीले एक मन्त्री र एक राज्यमन्त्री दिने कुरा गरेको बताइएको छ । वार्तामा सहभागि एक नताले भने, ‘ दुई वटासम्म दिन सकिन्छ’,

मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।

संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तिक निकर्षमा पुगेको बैठक मन्त्रालय भागबण्डाले अड्किएकोछ ।

प्रतिक्रिया दिनुहोस्