थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं , असोज २८ । पछिल्लो २४ घण्टामा देशभर ४५५ जना कोभिड संक्रमित थपिएका छन् ।६ हजार २१४ वटा नमुनाको परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेकोे छ ।

त्यस्तै आज ८०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा १४७, भक्तपुरमा २० र ललितपुरमा ४९ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या ३ हजर ५८ पुगेको छ ।

आज देशभर १२ हजार ७९१ जना होम आइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० जना आईसीयू तथा १०५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्