राजधानी माग्दै विरगन्जमा थालिएको आन्दोलन कडा

काठमाडौं –  वीरगन्जलाई प्रादेश राजधानी बनाउन माग गर्दै गरिएको आन्दोलन थप प्रभावकारी बनाइने भएको छ । ५७ दिनदेखि जारी आन्दोलन लम्बिदै गएको छ । संघर्ष समितिले विरोध सभा तथा होली मिलन समारोह आयोजना गरी चाडपर्वमा समेत आन्दोलनलाई निरन्तरता दिएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्दा सरोकारवाला जिम्मेवार निकायले चासो नदिएकाले आफूहरू कडा आन्दोलनमा जाने निष्कर्षमा पुगेको संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले बताउनुभयो । आन्दोलनको स्वरूप परिवर्तन भए पनि रिले अनशन भने जारी रहेको छ ।

संघर्ष समितिले फागुन २३, २४ र २५ गते बारा, पर्सा, रौतहटमा वीरगन्ज राजधानी बनाउन जागरण अभियान सञ्चालन गर्ने, २६ गते अन्तरक्रिया गर्ने, २७ गते मशाल जुलुस प्रदर्शन, २८ गते वीरगन्ज बन्द गर्ने कार्यक्रम रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्