नारायणगढ खण्ड आज र भोलि चौबीसै घन्टा खुला !

काठमाडौं– होली पर्वका कारण नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने भएको छ । आज र भोलि सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको हो ।

यसअघि उक्त सडक बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो । नेपालीले मनाउँदै आएको रङको पर्व होलीलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताउनुभयो ।

सडकमा गाडी रोकिँदा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन हुँदै आएका छन् । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्