सडक दुर्घटनामा परि किर्गिजिस्तानका उपप्रधानमन्त्रीको मृत्यु

काठमाडौं । किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभ चढेको कार शनिबार दुर्घटनामा परी निधन भएको छ ।

झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक–कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठक्कर खाँदा उनको शनिबार बिहान ७ः३० बजे मृत्युभएको किर्गिजिस्तानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

घटनामा उनको सहयोगी र कार ड्राइभरसमेतको मृत्यु भएको हो ।
घटनामा घाइते भएका ट्रक ड्राइभरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्