छोरो नजन्माएको भन्दै बोक्सी आरोपमा मलमुत्र खुवाइयो

 काठमाडौं । सर्लाही लालबन्दी नगरपालिका–६ की दुर्गा देवी गौतमको १५ वर्षअघि बाराको गढीमाई नगरपालिका–१६ का पुरुषोत्तम गौतमसँग विवाह भयो। दुर्गाले जेठी छोरीको रुपमा पुष्पालाई जन्म दिइन्। दुर्गाको परिवारले अर्को सन्तान छोरो होस् भनेर दुर्गाबाट अपेक्षा गरे। तर, दुर्गाको कोखबाट माइली छोरीको रुपमा पूजा जन्मिन्। तेस्रो पटक फेरि दुर्गा गर्भवती भइन्। पहिले जस्तै छोरो जन्मियोस भनेर परिवारजनले उनबाट आशा लिए। तर, फेरि तेस्रो पटक कान्छी छोरीको रुपमा उनले छोरी पुनमलाई जन्म दिइन्। दुर्गासँग तीन सन्तान छन्।

विवाह भएको १५ वर्षमा पनि छोरो नजन्माएको भन्दै परिवारजनले दुर्गामाथि गालीबेज्जती गर्न थाले। आमाजु बरुण गौतमले त बोक्सी भएको आरोप लगाउँदै गाली गर्थिन्। केही दिन पहिले आमाजुले दुर्गालाई फकाएर झारफुक गराए छोरो हुने भन्दै अन्धविश्वासमा महोत्तरीको बर्दिबास नगरपालिका(३ स्थित माता )झारफुक गर्ने) अप्सरा बरालको घरमा ल्याइन्। ‘माताले मलाई झारफुक गरिन्। बोक्सी भएर छोरो नजन्मिएको बताइन्। छोरो जति पेटमै खान्छिन्। छोरी जती जनमाउँछिन्,’ माताको भनाइ सुनाउँदै पीडित दुर्गाले भनिन्, ‘माताले मलाई बोक्सी हो भनेर मेरी आमाजुसँग भनेपछि मैले धेरै दुःख पाएँ।’ आजको अन्नपुर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्