घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने

काठमाडौं , असोज १९ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले घटनास्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द रहने जानकारी दिए। विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको हो। सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्ने पनि उनले जानकारी दिए ।

त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्