लाभांश पारित गर्न साल्ट ट्रृेडिङले बोलायो साधारणसभा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्षको २०७६/०७७ को मुनाफबाट प्रस्तावित लाभांश पारित गर्न ५४औँ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले आउँदो कात्तिक १६ गतेको लागि भर्चुअल माध्यबाट हुने गरी बोलाएका साधारणसभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट सेयरधनीको लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

कम्पनीले आव ०७६/०७७ को मुनाफबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रायेजन समेतको लागि पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले ५४औँ वार्षिक साधारणसभाको लागि कात्तिक २ गते कात्तिक १६ गतेसम्म सेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय समेत गरेको छ । यस हिसाबले कात्तिक १ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र कम्पनीको साधारणसभामा सहभागी हुन सक्नेछन् ।

साधारणसभामा आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण स्वीकृत गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, आव ०७७/०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।

यस्तै, विशेष प्रस्तावमा बोनस सेयर जारी गर्ने, ऋण सुविधा लिने स्वीकृतिको विषयमा पनि छलफल हुने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्