१ हजार ७८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु
काठमाडौं, असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९११ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
देशभर अहिले २३८ जना क्वारेन्टाइनमा छन् । पालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १६८ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् भने होम आइसोलेसनमा १६ हजार ८०२ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ३५३ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्