प्रदेश नम्बर ३ मा मन्त्री मण्डल विस्तार, को-को परे हेर्नुहोस्

काठमाडौं । प्रदेश नम्बर ३ मा ४ जना मन्त्रीले सपथ खाएको छन् । आज एमालेबाट तीन र माओवादीबाट एकजना गरी जम्मा ४ जना मन्त्री थपिएका हुन् ।

आज मन्त्री हुनेहरुमा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा र माओवादीबाट युवराज दुलाल मन्त्री बनेका छन् । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् अब सात सदस्यीय बनेको छ ।

एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तयस्तै ढुंगेल अर्थ तथा योजना मन्त्री चयन भएको छ भने लामा कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

यता माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलालले लामो समय माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्