देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, १, २७९ निको भए, ९ जनाको मृत्यु
काठमाडौं, असोज १० । बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो ।यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ ।
यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।
यता काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २७९ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २३२ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा २३ र ललितपुरमा २४ संक्रमित थपिएका छन् ।
त्यस्तै उपत्यकामा अहिले ४ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २ हजार ५५४, भक्तपुर जिल्लामा ८१९ र ललितपुर जिल्लामा ११८५ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १४२ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ३२९ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार ८१३ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ३६८ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १२० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्