आज साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौँ , १० असोज । असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर आईपीओ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।
उर्जाको आईपीओमा सर्वसाधारणले १० कित्तादेखि १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले हाल सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोसी जलविद्युत आयोजना बनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्