प्रदेश ३ मा मन्त्रिपरिषद विस्तार हुँदै, को को हुँदैछन् मन्त्री ?

काठमाडौं  । प्रदेश नम्बर ३ मा आज मन्त्रिपरिषद बिस्तार हुँदैछ ।

मुख्यमन्त्री डोरमणि पौडेलले आज बेलुकीसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नु भएको हो । यसअघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका केशव स्थापित नियुक्त भइसक्नु भएको छ ।

आज एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले सपथ ग्रहण गर्ने सम्भावना छ । माओवादीबाट भने कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बन्ने चर्चा छ ।

प्रदेश प्रमुख अनुराधा कोइराला देश बाहिर रहेकाले यो प्रदेशमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्