मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं  । आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

आज र भोलि धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तर पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले धेरै ठाउँको मौसम बदली भएको हो ।

गएको २४ घण्टामा विराटनगरमा १८ दशमलव १ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया दिनुहोस्