महोत्तरीको सोनमामा दुई पक्षबीच झडप, १ जनाको मृत्यु, २ घाइते

काठमाडौं , असोज ३। महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । सोनमा २ इमलिया टोलका ६० वर्षका रामप्रताप यादवको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

झडपमा अन्य २ व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार शनिबार राति सुन्दरपुरमा आयोजित आर्केस्ट्रा ९सांस्कृतिक कार्यक्रम०मा भएको विवादले उग्ररुप लिएपछि कुटाकुट भएको थियो ।

नाचगानको क्रममा सुन्दरपुरका स्थानीयले इमलिया टोलबाट गएकालाई अवरोध गरेपछि विवाद सुरु भएको थियो । सोही विवादलाई लिएर आइतबार मध्यान्‍न पुनस् झगडा भएपछि स्थिति तनावग्रस्त भएको स्थानीय ललित यादवले जानकारी दिए । कुटपिटकै क्रममा मृतक यादवका २४ वर्षीय छोरा मोदनारायण र २२ वर्षीय सरोजकुमार यादव घाइते भएका छन् ।

घाइतेको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न ३५ वर्षका मलेसी सदा र २८ वर्षका नखु सदालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गौशलाका ईन्सपेक्टर विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्