होटलमा लुकाएर राखेको रेडपाण्डको छालासहित ४ जना पक्राउ

काठमाडौं, असोज २ । सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पुर्ण बहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्