सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा एउटै वडाका तीन जनाको ज्यान गयो

काठमाडौं । सुर्खेतको गुर्वाकोट नगरपालिका–२ मालारानीमा ट्रयाक्टर दुर्घटना हुँदा एउटै वडाका तीनजनाको ज्यान गएको छ ।

रड बोकेको भे १ त ६१८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक फत्तबहादुर विक तथा मजदुरहरु शशीराम विक र नारायण खत्रीको ज्यान गएको सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । उनीहरु तीनै जना गूर्वाकोट नगरपालिका – ८ का बासिन्दा हुन् ।

दुर्घटनामा घाइते भएका सुर्खेतको मेहेलकुनाका टेकबहादुर धौलाकोटी र अमर विकलाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।
मालारानीको देवकीडाँडा गौरीबजारबाट रड बोकेर मेहेलकुनाका लागि छुटेको ट्रयाक्टरबाट उकालो बाटोमा रड खस्न थालेसँगै पछाडि सर्दा सडकबाट पल्टिएर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्