एन आई सी एशिया बैंकको वार्षिक १० प्रतिशत व्याज सहित समुन्नति प्लस बचत खाता योजना संचालनमा
- काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुलाई उच्च लाभ पुर्याउने उदेश्यले फेरि अर्को योजना सार्वजनिक गरेको छ ।
बैंकले सर्वाधिक उच्च ब्याजदर वार्षिक १० प्रतिशत दिने गरी समुन्नति प्लस बचत खाता योजना संचालनमा ल्याएको हो । यस अधि समुन्नति प्लस बचत खाता र सर्वाधिक उच्च ब्याजदरका साथमा मुद्दती खाता सञ्चालनमा ल्याइसकेको यस बैंकले समुन्नति प्लस बचत खाता पनि उतिकै लोकप्रिय भई यसबाट ग्राहकहरुले बढी भन्दा बढी लाभ उठाउने बैंकले विश्वास लिएको छ । ‘हाम्रो समुन्नती राष्ट्रकै उन्नती, आजैदेखि बचत गरौ है साथी’
नेपालको बैकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस बैंकले समुन्नति र बचत खाता समुन्नति मुद्दती खाता अत्यन्त लोकप्रिय योजना सार्वजनिक गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले जानकारी दिए ।र्
हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौ है साथि, भन्ने नाराका साथमा हालै सार्वजनिक गरिएको उक्त समुन्नति प्लस बचत खातामा न्युनतम मौज्दात रु.१० हजार रहनु पर्ने बैंकले जनाएको छ । उक्त खाता खोल्ने ग्राहकले लकर सेवामा ५० प्रतिशत छुट पाउनुका साथै नि:शुल्क रुपमा मोबाइल बैंकिङ्ग इण्टरनेट र डि–म्याट खाता खोल्न पाउने सुविधा रहेको छ । त्रैमासिक रुपमा ब्याज भुक्तिनी दिइने सो खातामा निःशुल्क डेबिटकार्ड पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्