थप ९ सय ११ जनामा कोरोना पुष्टि , १३ जनाको मृत्यु
काठमाडौं, भदौ २७ । पछिल्लो २४ घण्टामा नेपालमा ९सय ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा १ हजार ४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।
देशभर अहिले ३२१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७८७८ पिसिआर र ३१४० नमुना एन्टीजेन परिक्षण गरि कुल ११ हजार १८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ७५७ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ५८६ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार १७१ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ४५४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्